एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित
नुवाकोट - नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशीराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचत भएका छन् । पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक केशवराज पाण्डले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन भएकोे जिल्ला अधिवेशनमा ७६३ जनप्रतिनिधी सहभागी भएका थिए । अधिवेशनको बन्द सत्रले शनिबार राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदन छलफलसहित पारित गरेर निर्वाचित प्रक्रिया सुरु गरेको थियो ।
अध्यक्षमा निर्वाचित मैनाली यस अघिको जिल्ला कमिटिमा उपाध्यक्ष थिए। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपामा माओवादी केन्द्र कायम गरेपछि केही समय जिल्ला अध्यक्ष भएर काम गरेका थिए । मैनाली हाल बागमती प्रदेशसभा सदस्यसमेत छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया