एमाले जिल्ला अधिवेशन : प्रतिनिधि सडकमा कठ्याङ्ग्रिँदै, नेता न्यानो कोठाभित्र सहमति खोज्दै

बाजुरा - नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशन अन्य जिल्लामा जस्तै शुक्रबारबाटै सुरू भएको छ । तर तेस्रो दिन पनि नेतृत्व चयन हुन सकेको छैन ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास भन्दै नेताहरू न्यानो कोठाबाट बाहिर निस्केका छैनन भने प्रतिनिधिहरू चिसो सडकमा कठ्याङ्ग्रिन बाध्य छन् । पुसको सिमसिम पानीमा प्रतिनिधिहरू सडकमा नेताहरूको आदेशको पर्खाइमा छन् । २२ पुसमै सदरमुकाम पुगेका प्रतिनिधिहरू दिनहुँजसो सडकमा यत्रतत्र भौतारिरहेको मात्रै देखिन्छन् ।
प्रतिनिधिहरूका अनुसार महाधिवेशन लम्बिदा खर्च सकिन थालेको छ । चिया खाजा खाने पैसासमेत नभएपछि दिनभर सडकमै गफ गरेको बस्न थालेको उनीहरूको भनाइ छ । यता, नेताहरू आन्तरिक छलफल भन्दै चिसोको डरले न्यानो कोठाबाट बाहिर निस्केका देखिदैनन् । शनिबार बन्दसत्र सम्पन्न गर्नुपर्ने पार्टीको पूर्वघोषणा थियो । तर आइतबारसम्म पनि बन्दसत्र सुरू भएको छैन ।
आकांक्षी धेरै भएका कारण सहमति हुन नसकेको हो । एक जना अध्यक्ष पदका लागि चार जनाको उम्मेवारी छ । एमालेभित्र पनि दुई वटा गुटको हालिमुहाली हुँदा कसलाई सहमति गर्ने भन्ने टुगांै लाग्न नसकेको प्रतिनिधिहरूको गुनासो छ ।
एमालेका स्थानीय कमिटी सदस्य कर्णबहादुर थापाको प्यानलमा लालबहादुर ओली रहेका छन् । भने सांसद लालबहादुर थापाको प्यानलबाट कालिबहादुर शाहीले अध्यक्ष दाबी गरिरहेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया