एमाले अर्घाखाँचीका नेता आचार्यलाई काेभिड संक्रमण

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका जिल्ला सहइन्चार्ज तथा पूर्व मन्त्री चेतनारायण आचार्यलाई काेभिड संक्रमण भएको छ ।
कोभिडसँग मिल्दोजुल्दो समस्या देखिएपछि गरिएको परीक्षणमा आचार्यलाई कोभिड संक्रमण देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
आचार्यमा कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।
नेता आचार्य पछिल्लो समय जिल्ला अधिवेशन लगायतका राजनीतिक कार्यक्रममा व्यस्त रहेका थिए ।
एमालेको जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउन सक्रिय बनेका आचार्यमा संक्रमण देखिएपछि अन्य नेता कार्यकर्ता पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् । यस अघि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भई फर्किएकी माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी लगायतमा पनि कोभिड संक्रमण देखिएको थियो ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया