चेल्सी कराबाओ कपको फाइनलमा
काठमाडौँ- इंग्लिस प्रतिद्वन्द्वी टोटनहमविरुद्ध १-० को सहज जितसँगै चेल्सी आरावाओ कप अर्थात इंग्लिस फुटबल लिगको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार लन्डनमा भएको दोस्रो लेगको जितसँगै समग्रमा ३-० ले विजयी हुँदै चेल्सी उपाधि नजिक पुगेको हो । अब, चेल्सीले उपाधिका लागि वेम्वली रंगशालामा लिभरपुल र आर्सनलबीचको विजेतासँगै खेल्नेछ । दुई टोलीबीचको खेल कोभिड–१९ का कारण हुन सकेको छैन ।
यसअघि खेलको १८औँ मिनेटमा एन्टोनियो रुडिगरको गोलमा चेल्सीले सहज जित पायो । म्यासन माउन्टको कर्नरमा रुडिगरले हेड गोल गरेका थिए ।
यसअघि खेलको ४२औं, ५७औं र ६४औं मिनेटमा टोटनहमले भारको सामना गर्नुपरेको थियो । तर कुनै पनि समय पेनाल्टी र गोल पाएन । बाँकी समय गोल नहुँदा चेल्सी फाइनल पुग्न सफल भयो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया