स्थानीय तहको निर्वाचन वैशाखमै हुने

काठमाडौँ - सरकारले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने बताएको छ । सत्तारुढ राजनीतिक समन्वय समितिको आज बसेको बैठकले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको हो ।
बालुवाटारमा बसेको समितिको बैठकमा दलहरूबीच संविधानले तोकेको समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । तर, बैठकले निर्वाचनकाे मिति भने ताेकेकाे छैन् । माघ ६ गते बस्ने समितिकाे अर्काे बैठकले मिति तय गर्ने कार्कीले बताए ।
निर्वाचन आयोगले २०७९ जेठ ७ मा स्थानीय तहका जनप्रतिनिधिहरुको म्याद सकिने हुनाले वैशाखमै निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । संविधानले स्थानीय तहमा जनप्रतिनिधिविहीनकाे परिकल्पनै नगरेकाले आयाेगले वैशाखमै निर्वाचन गर्न सुझाव दिएकाे हाे । निर्वाचनका विषयमा सरकारले आयाेगसँग पनि निरन्तर छलफल गरिरहेकाे उनले बताए ।
यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ जेठ २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो ।
साथै, बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने विषयमा पनि छलफल गरेको कार्कीले जानकारी दिए । संसद सुचारुका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग लामाे छलफल गरेकाेले छिट्टै संसद सुचारू हुने कार्कीले बताए । 'संसद सुचारू गर्ने जिम्मेवारी प्रतिपक्षी दलकाे पनि हाे', उनले भने, 'यस विषयमा पनि निरन्तर छलफल भइरहेकाे छ ।'

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया