निर्वाचन समितिद्वारा विनाेद चाैधरीविरुद्ध परेकाे उजुरी खारेज

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले उद्योगी विनोद चौधरीविरुद्ध परेकाे उजुरी खारेज गरेकाे छ । कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी कोटाबाट निर्वाचित चौधरीको पद खारेजीको माग गर्दै परेकाे उजुरी निर्वाचन समितिले खारेज गरेकाे हाे ।
समितिका सदस्य एगराज पाेखरेलले आइतबार बसेकाे निर्वाचन समितिकाे बैठकले चाैधरीविरुद्ध परेकाे उजुरी खारेज गरेकाे बताए । चौधरी विधान विपरीत केन्द्रीय सदस्य बनेको भन्दै सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन समितिमा उजुरी दिएका थिए। तर, निर्वाचन समितिले यादवको उजुरी खारेज गर्दै चौधरीलाई नै केन्द्रीय सदस्यको मान्यता दिएको छ।
पुस पहिलो साता सम्पन्न कांग्रेसको १४औं महाधिवेशनका लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको लागि निश्चित मापदण्ड बनाएको भए पनि त्यस विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै यादवले उजुरी दर्ता गराएका थिए।
निवेदनमा उनलाई केन्द्रीय सदस्य पदबाट हटाई निजको ठाउँमा निकटतम प्रतिस्पर्धी आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्दै यादवले निवेदन दिएका थिए। यादवले निवेदनमा भनेका थिए, “मधेशी खुला पदमा निर्वाचित भनिएका विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील सदस्य नरहेको र निज २०७४ सालमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेकाले निजको केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्टै छ।”

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया