प्रदेश १ मा अहिलेसम्मकै धेरै १,२८३ जनामा कोभिड संक्रमण

विराटनगर - प्रदेश १ मा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार २८३ जनामा कोभिड संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या पनि ६ हजार ४५४ पुगेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ८४६ र ९८२ जनाको एन्टिजेन परीक्षणमा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । यो संख्या कोभिड १९ को तेस्रो लहर सुरु भएयताकै सबैभन्दा धेरै हो ।
पीसीआर परीक्षणको विवरण अनुसार मोरङमा ३६७, सुनसरीमा २४२, झापामा १६८, धनकुटामा ७, उदयपुरमा ६, इलाममा ४, खोटाङमा ३, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २७६, बेलबारीमा ३६, सुन्दरहरैंचामा १४, बुढीगंगामा १०, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका ५–५, ग्रामथान र पथरीशनिश्चरेमा ४–४, कानेपोखरीमा ३, रतुवामाईमा २, धनपालथान, जहदा र रंगेलीमा १–१ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
मन्त्रालयका अनुसार सुनसरीको धरानमा १२१, इटहरीमा ७६, रामधुनीमा ९, इनरुवा र बराहक्षेत्रमा ७–७, दुहवी, हरिनगर र स्थानीय तह नखुलेका ४–४, गढीमा ३, भोक्राहानरसिंह, बर्जु र कोशी गाउँपालिकामा २–२, देवानगञ्जमा १ जनामा संक्रमण देखिएको छ ।
झापाको दमकमा ३७, विर्तामोडमा ३१, भद्रपुरमा २४, कनकाईमा २०, मेचीनगरमा १७, शिवसताक्षीमा १५, अर्जुनधारामा ६, गौरादह, हल्दिबारी र स्थानीय तह नखुलेका ४–४, कचनकवल र बुद्धशान्तिमा २–२, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ५, चौबिसे र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र उदयपुरगढीमा १–१ जनामा कोभिड संक्रमण देखिएको छ ।
इलामको इलाम नगरपालिकामा २, सुर्योदय र चुलाचुलीमा १–१, खोटाङको खोटेहाङ, दिक्तेल रुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ, तेह्रथुमको म्याङलुङ, संखुवासभाको मादी र भोजपुरको भोजपुर नगरपालिका १–१ र प्रदेश १ बाहिरका ४५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा सोमबार २४३ जनाले कोभिड संक्रमणबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १०७ महिला र १३६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको छ ।

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

प्रतिक्रिया