गीतमा 'जनकपुरे रेल'

काठमाडाै : गायक अनिल जोशी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'जनकपुरे रेल' बोलको गीतमा जगत तिरुवाले र्याप हानेका छन् । गायक जोशीले तयार पारेको शब्दमा जोशी र तिरुवाले संयुक्त रुपमा संगीत भरेका छन् । गीतको एरेन्ज भने मोहित मुनालले गरेका छन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य देख्न सकिन्छ ।
माइकल चन्दको निर्देशनमा बनेको भिडियोमा माइकल स्टेप-अप आर्ट एकेडेमीको करियोग्राफी रहेको छ । उत्सव दाहालले खिचेको भिडियोमा शिलन लम्सालको सम्पादन तथा कलर रहेको छ । भिडियोको निर्माता नवराज शर्मा हुन् । 'सेभेन इलेभेन म्युजिक फ्याक्ट्री'को प्रस्तुतिमा निर्माण भएको म्युजिक भिडियो 'सेभेन इलेभेन म्युजिक फ्याक्ट्री'कै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै : अमेरिका, अस्ट्रेलिया, जापान, कोर…

गीतकार शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक

पिके र थ्रि इडियटपछि हिरानी र आमिरबीच तेस्रो सहकार्य हुने

प्रथम नेपाल तारा युकेको सांगीतिक यात्रामा

शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

प्रतिक्रिया