मृत अवस्थामा भेटिए प्रहरी जवान

जनकपुरधाम – मधेश प्रदेशको पर्सा जिल्लामा एक प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्याय पर्साले दिएको जानकारीअनुसार इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरिको शनिवार राति मृत अवस्थामा फेला परेका हुन् ।
घर बिदामा गएका पोखरिया नगरपालिका वडा नम्बर १ वनकटवा निवासी प्रहरी जवान गिरि आफ्ना एक साथीको कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
शनिबार राति पोखरिया वडा नम्बर ४ पोखरीया बजार बस्ने साथी जितेन्द्र रौनियारको कोठाभित्र गिरि बेहास अवस्थामा फेला परेको र उपचारको लागि अस्पतालमा भर्ना गर्दा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताएका छन् ।
प्रहरीले हालसम्म गिरिको मृत्युको कारण खुलाइसकेको छैन । गिरि मृत फेला परेको घरमा बस्ने दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रियाअघि बढाइ सकिएको प्रवक्ता खनालले बताए ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया