तीन अफ्रिकी मुलुकलाई राष्ट्रसंघको एक अर्ब ७० करोड डलर सहयोग

काठमाडौं : अफ्रिकी महादेशका तीन राष्ट्र बुर्किना फासो, माली र नाइजरलाई राष्ट्रसंघले एक अर्व ७० करोड डलर मानविय सहयोग गर्ने भएको छ । चरम मानवीय संकट व्यहोरिरहेका अफ्रिकाका साहेल क्षेत्रका ती तीन राष्ट्रका लागि २० भन्दा बढी दातृ निकायहरुले यो वर्षको लागि त्यती रकम छुट्याउने भएका हुन । ति मुलुकले यो बर्ष नै एक अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अगामी वर्ष सन् २०२१ का लागि ७० करोड उपलब्ध गराउन दातृ निकाय सहमत भएको समाचार अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।
राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले उक्त सहायताबाट बुर्किना फासो, माली र नाइजरका एक करोड भन्दा बढी मानिसलाई सहयोग पुग्ने बताएको राष्ट्रसंघले जनाएको छ । पोषण, खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी र सरसफाई, अस्थायी आवास, शिक्षा, संरक्षण र लैंगिक हिंसा पीडितका लागि उक्त रकम खर्च हुने पनि प्रवक्ता डुजारिकले एक बक्तब्य जारी गर्दै स्पष्ट पारेका छन ।
राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसंघ, डेनमार्क, जर्मनी र युरोपेली युनियनद्वारा आयोजित संयुक्त बैठकलाई सम्बोधन गर्दै मध्य साहेल क्षेत्र अहिले चरम जोखिमको अवस्थामा रहेको उल्लेख गर्दै ति तीनै मुलुकका जनता अहिले मानवीय संकटमा रहेको उल्लेख गरेका थिए । ‘सुरक्षा स्थिति तिब्र रुपमा कमजोर हुँदैछ, आम मानिसको दैनिक जीवन संकटमा छ । हिंसा बढेको बढ्यै छ, र खासरुपमा महिला एवं बालिकाहरु जोखिममा छन्,’ उनले त्यहाँ भनेका थिए ।
आन्तरिक विस्थापन दुई वर्षयता निकै बढेको छ । जलवायु परिवर्तनले मानिसको जीविकामा असर परेको छ र कोभिड–१९ ले अझ संकट बढाएको उनको धारणा थियो । राष्ट्रसंघका मानवीय प्रमुख मार्क लोककले विश्वमै साहेल क्षेत्रमा सबैभन्दा ठूलो संकट देखिएको बताउँदै बुर्किना फासो, माली र नाइजरमा ५० लाखभन्दा बढी बालबालिका सहित एक करोड ३० लाखभन्दा बढी मानिसलाई आपतकालीन सहायता जरुरी रहेको जनाएका थिए । महासचिव गुटेरेस र लोककले दुबैले सन् २०२० र २०२१ का लागि २ अर्ब ४० करोड डलरका लागि दातृ निकाय समक्ष अपिल गरेका छन ।

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

गैर आवासीय नेपाली सङ्घको एकता महाधिवेशन सम्पन्न

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

प्रतिक्रिया