विश्वकप छनोट खेल : अर्जेन्टिना र उरुग्वे विजयी
काठमाडौँ- कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा अर्जेन्टिना र उरुग्वे विजयी भएका छन् ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा लोउटारो मार्टिनेजले खेलको २९औँ मिनेटमा निर्णायक गोल गरे ।
जितपछि लियोनल मेस्सीबिनाको अर्जेन्टिना १५ खेलबाट २९ अंकसहित दोस्रो स्थानमा छ । पराजित कोलम्बिया १६ खेलबाट १७ अंकसहित सातौं स्थानमा छ ।
बिहानै भएको खेलमा उरुग्वेले भेनेजुयलालाई ४-१ अन्तरले पराजित गरेको छ । जितपछि उरुग्वेले १६ खेलबाट २२ अंक सहित चौथो स्थानमा उक्लिएको छ ।
ब्राजिल र अर्जेन्टिना यस अघि नै विश्वकपका लागि छनोट भइसकेका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया