१५ दिनभित्र माग पूरा नभए फोहोरमैला व्यवस्थापन रोक्ने सिसडोलबासीको चेतावनी
काठमाडौं : सिसडोलबासीले १५ दिनभित्र आफूहरूको माग पूरा नगरे फोहोरमैला व्यवस्थापनलाई रोक्ने चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी सिसडोल–बञ्चरेडाँडा फोहोरमैला व्यवस्थापन सरोकार समितिले आजको मितिबाट १५ दिनभित्र ११ बुँदे माग पूरा नभए फोहोर ल्याउने कार्य रोक्ने चेतावनी दिएका हुन् ।
समितिका संयोजक नवराज ढुंगानाले विगत १५ वर्षदेखि फोहोर थुप्रिएर आतंक मच्चाइरहेको टिप्पणी गरे । पटक पटक जायज माग उठाउँदा आश्वासन मात्र दिइएको भन्दै यसपटक १५ दिनभित्र पूरा नगरे फोहोर मैला ल्याउन ठप्प पार्ने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले फोहोरमैलाको व्यवस्थापनको लागि नयाँ प्रविधिको मेसिन राख्नुपर्नेमा जोड दिए । उनले फोहोरमैला व्यवस्थापन सधै गम्भीर विषय बन्दै आएकाले यसको दीगो समाधानमा दिए ।
समितिले १५ वर्षसम्म पनि फोहरको पहाड बनाइ गाउँबस्ती नै दुषित वातावरण दुषित, मानव स्वास्थ दुषित जग्गा जमिन दुषित खोला दुषित यो फोहरको डाँडाबाट जनताले रोग र दुर्गन्ध भोगिरहेको भन्दै सरकारसँग प्रश्न गरेको छ ।

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया