गृहमन्त्री खाणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

हेलम्बु- गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन् ।
गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भिरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो ।
करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८.७७ मिटर लम्बाइ र ४.२० मिटर चौडाइ रहेको उक्त पुलको भारवहन क्षमता २४ टन छ । बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेर्होदै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया