उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरीको लाठीजार्च, दुई विद्यार्थी घाइते

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् । मौका परीक्षा दिन पाउनुपर्ने माग राख्दै इन्जिनियरिङ संकायका विद्यार्थीहरुले आइतबार विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहसमक्ष ज्ञापनपत्र बुझाउने क्रममा प्रहरीसँग झडप गरेका हुन् । ।
उपकुलपति सिंहलाई जबर्जस्ती ज्ञापनपत्र बुझाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै लाठीचार्ज गर्दा दुई जना विद्यार्थी घाइते भएका हुन् । घाइते हुनेमा इन्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेत र तर्कराज शाही छन् ।
उनीहरूको वीरेन्द्रनगरमा रहेको माया नर्सिङ होममा उपचार भइरहेको छ । विश्वविद्यालयका उपकुलपतिले माग सम्बोधनका लागि ज्ञापनपत्र बुझ्नै नमानेको भन्दै विद्यार्थी आक्रोशित भएका थिए । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाए हुने भन्दै पन्छिन खोज्दा विद्यार्थी आक्रोशित भएर जबर्जस्ती गर्दै नाराबाजीमा उत्रिएका थिए ।
त्यसपछि उपकुलपति सिंह कार्यकक्षबाट निस्किने क्रममा विद्यार्थीले ढुंगामुढा गर्न थालेपछि तनाव सिर्जना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले बताए । विद्यार्थीहरू दिउँसोदेखि नै विश्वविद्यालयको गेटमा अवरोध गरेर बसेका र जति अनुरोध गर्दा पनि हट्ने नमानेपछि बाध्य भएर बल प्रयोग गर्नु परेको भट्टको भनाई छ ।
विश्वविद्यालयका विद्यार्थी नेता गौतम बीसीले विद्यार्थीले मौका परीक्षा कायम राख्नुपर्ने लगायत माग राखेर बिहानदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएका बताए । विद्यार्थीहरुले बुझाएको ज्ञापनपत्र लिन नमानेपछि समस्या उत्पन्न भएको उनको दाबी छ ।
यता विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले विद्यार्थीहरु भौतिक आक्रमणमा उत्रिएकाले प्रहरीले सामान्य बल प्रयोग गरिएको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया