४ करोड नाघ्यो मोबाइल प्रयोगकर्ताको संख्या

काठमाडौँ- नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा मोबाइल सेवा प्रयोग गर्नेको संख्या चार करोड नाघेको छ । प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांकअनुसार ४ करोड ८ लाख ५५ हजार २ सय ८९ जीएसएम मोबाइल सेवाको प्रयोगकर्ता रहेको छ ।
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को २ करोड १६ लाख ४५ हजार १ सय ८९ जीएसएम प्रयोगकर्ता रहेका छन् । त्यस्तै नीजि क्षेत्रको ठूलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको १ करोड ६८ लाख ४१ हजार ७ सय ६४ जीएसएम प्रयोगकर्ता रहेका छन् । खारेजीको मुखमा पुगेको स्मार्ट टेलिकमको २३ लाख ६८ हजार ३ सय ३६ प्रयोगकर्ता रहेको प्राधिकरणले निकालेको पछिल्लो तथ्यांकले देखाउछ ।
नेपाल टेलिकमको निजी क्षेत्रको सेवा प्रदायक एनसेललाई जीएसएम सेवामा निकै पछि छाडेको छ । पछिल्लो तथ्यांकअनसार एनसेल भन्दा नेपाल टेलिकमको ४८ लाख बढी प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ । त्यस्तै टेलिकमको फोरजी सेवा प्रयोग गर्ने संख्या ८१ लाख ७४ हजार पुगेका छन्। फोरजीमा पनि एनसेल टेलिकमभन्दा पछि परेको छ । एनसेलको ६१ लाख ४८ हजार फोरजी प्रयोगकर्ता रहेका छन् ।
टेलिकमको सिडिएमए प्रविधिमा समेत ३ लाख २१ हजार २ सय ७३ प्रयोगकर्ता रहेका छन् । हाल टेलिकमले सिडिएमए सेवा बन्द गर्नको लागि यसका प्रयोगकर्तालाई जीएसएमतर्फ माइग्रेसन गरिरहेको छ । जीएसएम तथा सिडिएमए सेवाका प्रयोगकर्ताको संख्या ४ करोड ११ लाख ७६ हजार ५ सय ६२ पुगेका छन् ।
मोबाइल सेवामा नेपाल टेलिकमले ५४.२६ प्रतिशत स्थान ओगट्दा एनसेलले ४०.१० प्रतिशत ओगटेको छ । त्यस्तै स्मार्ट टेलिकमले ५.६४ प्रतिशत बजार ओगटेको छ ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया