‘प्रतिनिधि सभा विघटन सदर गर्ने अधिकार राष्ट्रपतिलाई छैन’

काठमाडौं : नेपालको संविधान २०७२ ले प्रतिनिधि सभा विघटनको प्रस्ताव स्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको टिप्पणी एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले गरेका छन् । जनता समाजवादी पार्टीले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले संविधानले प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रस्तावलाई स्वीकार गर्ने अथवा अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई नदिएको बताएका हुन् ।
वरिष्ठ अधिवक्ता सम्भु थापाले राष्ट्रपतिलाई संसद विघटनको प्रस्ताव स्वीकार गर्न वा अस्वीकार गर्न संविधानले कही पनि अधिकार नदिएको बताए । संविधानमा नभएको व्यवस्थामा टेकेर आएको प्रस्तावलाई राष्ट्रपतिले स्वीकार गर्न नसक्ने जिकिरसमेत उनले गरे । उनँले प्रतिनिधि सभा विघटन गरेर राष्ट्रलाई विभाजनतर्फ लैजान खोजिएको आशंका व्यक्त गरे ।
वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले २०४७ सालको संविधान दिमागमा र २०७२ सालको संविधान हातमा लिएर प्रतिनिधि सभा विघटनको प्रस्ताव गरेको बताए । संविधानले प्रतिनिधि सभाको विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको पनि प्रस्ट पारे । संसदले आफैले दुई तिहाइबाट अर्को संसदको निम्ति तयार छु नभन्दासम्म विघटन नहुने पनि बताए ।
पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिनिधि सभा पुनर्स्थापना नभए संविधान नै विघटन हुने बताए । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले संविधानमाथि नै प्रहार गरेको दाबीसमेत उनको छ । देशमा बहादुर प्रधानमन्त्री भएजस्तै न्यायाधीशहरू ज्ञानी भएकाले प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वाससमेत उनले व्यक्त गरे । राष्ट्रपति संविधानको रक्षक भएको तर प्रधानमन्त्रीले संविधानसँग नमिल्ने सिफारिस ल्याउँदा सहजै सदर गरिनु राष्ट्रपतिको गरिमा भन्दा बाहिरको विषय भएको पनि बताए ।
प्रधानमन्त्रीले चाहदैमा प्रत्येक ६/६ महिनामा चुनाव गर्न नहुने पनि उनले बताए । चुनाव मात्रै प्रजातन्त्र नभएको पनि उनको भनाइ छ । चुनाव संविधान सम्बत् मात्रै हुनुपर्ने उनको तर्क छ ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको विघटन मात्रै नगरी संविधानकै विघटन गरेको बताए । अहिलेको कदम लोकतन्त्रको विघटन भएको र लोकतन्त्रलाई विघटन गरी प्रतिगमनतर्फ देशलाई धकेलिएको बताए । उनले आरोप प्रत्यारोप नगरी संविधानको रक्षाका लागि जुटनसमेत आग्रह गरे ।
लोकतन्त्रमा देश जनताको प्रतिनिधि मुलक संस्थाविहिन बन्न नसक्ने भन्दै प्रतिगामी हरकत गर्नेहरूलाई संसद पुनरस्थापना गरी उचित कानूनी दण्ड गर्नुपर्नेसमेत बताए । कार्यक्रममा देशलाई विभाजन गर्ने उद्देश्यले प्रतिनिधि सभाको विघटन गर्न खोजिएको सहभागिहरूले बताएका छन् । सरकारको प्रतिगामी कदमको विरुद्धमा सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, संघसंस्था र नागरिक एक भएर विरोधमा उत्रिनुको विकल्प नरहेको पनि उनीहरुको भनाइ छ ।

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

प्रतिक्रिया