डाटा ट्रान्स्फर सम्झौता नभए युरोपमा फेसबुक तथा इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी
काठमाडौँ - फेसबुक कम्पनी मेटालेले युरोपबाट आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम बन्द गर्नसक्ने चेतावनी दिएको छ । फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरूको डाटा युरोपबाहिर ट्रान्सफर गर्न नपाए युरोपमा फेसबुक र इन्स्टाग्राम दुवै बन्द गर्ने चेतावनी दिएको हो ।
फेसबुकले अमेरिकाको सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसनमा एक रिपोर्ट बुझाउँदै डाटाको ट्रान्सफर गर्न पाउनुपर्ने माग गरेको हो । युरोप र अमेरिकामा आफ्नो प्रयोगकर्ताको डाटा गर्नु कम्पनीको व्यवसायको लागि र यसको विज्ञापन लक्षित व्यवसायका लागि पनि महत्त्वपूर्ण रहेको मेटाले सो रिपोर्टमा दाबी गरेको छ ।
युरोपियन युनियनको कानुनले आफ्ना नागरिकको डेटा युरोपमा अव्यवस्थित सर्भरहरू बाहेक अन्त प्रयोग पाइदैंन । युरोपियन मुलुकहरूले सन २०१८ मा डाटा सुरक्षाको कानुन ल्याएर लागू गरेका थिए । यसले फेसबुक तथा गुगल लगायतका कम्पनीलाई विज्ञापनको क्षेत्रमा निकै असर परेको बताइन्छ । केही समयअघि अमेरिका र युरोपबीचमा भएको पछिल्लो डाटा ट्रान्सफरसम्बन्धी सम्झौताले समेत फेसबुकलाई तनाव दिएको हो । नयाँ कानुन बनेर डाटा ट्रान्फर लगायतका समस्या समाधान हुने मेटाले जनाएको छ ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया