देशभर आन्दोलन चर्कंदा गृहमन्त्रीलाई चुनावकै चिन्ता !

काठमाडौं : सडकमा दैनिकजसो आन्दोलन चर्किरहेको छ । प्रतिनिधि सभा विघटनविरुध्द विभाजित सत्तारुढ नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूह नै आन्दोलनका कार्यक्रम घोषणा गरेरै सडक संघर्षमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरे पनि त्यो व्यवस्था संविधानमा नभएकाले सरकारको कदम असंवैधानिक भएको दाहाल-नेपाल समूहको निष्कर्ष छ । प्रतिपक्षी दल नेपाली कांग्रेस के गर्ने-के नगर्ने भन्ने दोधारमा छ । प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको र संविधान विरोधी यस कदमविरुध्द सडक आन्दोलनमा छ ।
प्रतिनिधि सभा विघटनविरुध्द सत्तारुढ नेकपाको बहुमत समूह र प्रतिपक्षी दल सडकमा रहेका बेला सरकार भने चुनावका लागि बजेट र सुरक्षाको चिन्तामा परेको छ । सोमबार सिंहदरबारमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेलबीच चुनावका लागि सुरक्षा र बजेटको व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ ।
दुई मन्त्रीका साथै गृह र अर्थ मन्त्रालयका उच्च अधिकारी, तीन वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा बसेको बैठकले चुस्त सुरक्षा व्यवस्था मिलाउने र चुनावका लागि आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकमा गृहमन्त्री थापाले चुनावका लागि तयारी गर्न तीन वटै सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् । बैठकबारे गृहका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रतिनिधि सभाको आगामी निर्वाचनतर्फ केन्द्रित भईसकेकाले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी गर्न गृहमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।’
प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा रिट दर्ता भएर सुनुवाई भइरहेका बेला सरकार भने एकहोरो चुनावको रटान लगाउन उद्धत रहेको गृहमन्त्री थापाको निर्देशनले प्रष्ट पार्छ । जबकी सत्तारुढ नेकपाको ओली समूहबाहेक चुनावका लागि तत्काल अरु दल तयार देखिएका छैनन् ।
देशभर आन्दोलन, गृहमन्त्रीलाई चुनावकै चिन्ता !
गृहमन्त्रालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चुनावका लागि आवश्यक बजेटको प्रारम्भिक खाका समेत प्रस्तुत गरेको गृहका प्रवक्ता बुढाको विज्ञप्तिमा उल्लेख छ ।
‘विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताव गरी गृह मन्त्रालयमार्फत पठाउन सुरक्षा निकायलाई निर्देशन दिँदै अर्थमन्त्री पौडेलले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता बैठकमा व्यक्त गर्नुभयो’ गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसबाट चुनावका लागि सुरक्षा व्यवस्था चुस्त राख्न भन्दै सुरक्षा निकायमार्फत बजेट सिध्याउने हतारो अर्थमन्त्री पौडेलमा देखिएको छ । निर्वाचनको पक्षमा क्रमशः माहौल बन्दै गइरहेको दाबी गरेको गृह मन्त्रालयले ‘साम, दाम, दण्ड, भेद’को प्रयोग गरेरै मुलुकलाई चुनावमा लैजाने तयारी थालेको देखिन्छ ।
एकातिर कोभिड-१९ अझै मत्थर भइसकेको छैन् । जनता यसैको त्रासमा छन् । जबकी दैनिक सडक आन्दोलन चर्किरहदा सुरक्षा चिन्ता थपिनुका साथै नागरिकमा अन्यौलता थपिएको छ । सर्वोच्च अदालतले सुनुवाई गरिरहदा फैसला सुनाउनै बाँकी रहेका बेला गृहमन्त्री थापा भने चुनावको माहोल बन्दै गइरहेको जिकिर गर्छन् ।
‘निर्वाचनको पक्षमा क्रमशः माहोल बन्दै गइरहेको वर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दल लगायत सबै सरोकारवालारुले आ आफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रुपले गराउन गृह मन्त्रालय अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
दैनिक आन्दोलन भइरहेका बेला जनता जीउ ज्यानको सुरक्षाको चिन्ता गरिरहेका छन् । तर सरकार भने जनता आन्दोलित रहेका बेला चुनावको मात्रै चिन्ता गरेर बसेको देखिन्छ ।

जसपा कर्णाली अध्यक्ष न्यौपानेसहित दर्जनौं नेता माओवादीमा प्रवेश

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल हुँदै

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

प्रतिक्रिया