युभेन्ट्स सेमिफाइनलमा
काठमाडौँ- इटालीयन सिरी ए क्लब युभेन्ट्स कोपा इटालीयाको सेमिफाइनलमा प्रबेश गरेको छ ।
बिहीबार राति घरेलु मैदानमा पाउलो डिबला र एक आत्माघाती गोल उपहार पाएको युभेन्ट्स सासुओलोलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अर्जेन्टिनी स्टार डिबलाले अग्रता दिलाए । हामेद जिनियरले गोल गर्दा भ्रमणकारी टोली बराबरी गर्न सफल भयो । तर खेल सकिन दुई मिनेट अघि सासुओलोका रुआनले आत्माघाती गोल गर्दा युभेन्ट्स विजयी भयो ।
अब फाइनल प्रबेशका लागि डबल लेगमा युभेन्ट्सले फिओरेन्टेनाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा इन्टर मिलान र एसी मिलान भिड्नेछन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया