दुधको मूल्य १० रुपैयाँ बढाउने डेरी उद्योग संघको घोषणा

काठमाडौँ : दुध उत्पादकले दूधको मूल्य वृद्धि गर्ने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले सरकारले बढाएको मूल्य अमान्य हुने भन्दै दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका हुन् ।
सरकारी स्वामित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकिने डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले बताए । उनले किसानले डीडीसीलाई दुध बेच्न निरुत्साहित हुने गरी डीडीसीको भन्दा प्रतिलिटर २ रुपैयाँ बढी मूल्य दिने पनि बताए । उनले सरकारले बढाएको मूल्य व्यहारिक नभएको धारणा राखे । आफुहरुले राखेको बिषयमा सरकार मौन रहेको भन्दै मूल्य वृद्धि गर्न बाध्य भएको उनको भनाई छ ।
नयाँ मूल्यअनुसार निजी उद्योगबाट उत्पादन हुने १ लिटर दुध किन्नका लागि ८६ रुपैयाँ तिर्नुपर्ने छ । उनीहरुले किसानबाट प्रतिलिटर ६२ रुपैयाँमा किन्नेछन् । डीडीसीले भने लिटरको उपभोक्ता मूल्य ८५ रुपैयाँ र किसानलाई दिने मूल्य ६० रुपैयाँ तोकेको छ । डीडीसीले दुधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रूपैयाँले बढाएको थियो । निजी उद्योगले भने १० रुपैयाँ बढाएका हुन् ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया