‘ए मेरो हजुर ४’शीर्ष गीत सार्वजनिक

काठमाडौँ - अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ‘ए मेरो हजुर ४’को शीर्ष गीत रिलिज भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमामा औपचारिक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कल्याण सिंहको संगीत रहेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ । गीत रचना रवि मल्लले गरेका हुन् ।
गीत डोल्पाको सेफोक्सुन्डो तालमा खिचिएको हो । गीतलाई रामजी लामिछानेले कोरियोग्राफ गरेका हुन् गीतको छायांकन सञ्जय लामाको रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक सुगम पोखरेलले एउटा माइलस्टोन गीतको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘यो २० वर्ष अगाडिको कालजयी गीत हो । यसको हुक लाइन लिएर नयाँ गीत बनाउन चुनौती थियो जुन संगीतकारले राम्ररी पूरा गरेका छन् । मैले गाउँदा पनि तुलना हुने कुरा सम्झेर नै गाएको छु । यो सुपरहिट हुने कुरामा विश्वस्त छु ।’
त्यसैगरी संगीतकार कल्याण सिंहले पनि पहिलाको हुक लाइनलाई नयाँ गीतसँग मिलाउन निकै गाह्रो भएको तर भिज्युल हेर्दा आफ्नो त्यो मेहनत सार्थक भएको धारणा राखेका थिए ।
भिडियोमा देखिएका अनमोल केसी र सुहाना थापाले भने आफूहरूले कठिन भूगोलमा पुगेर गीत खिचेको तर राम्रो नराम्रो मूल्यांकन गर्ने जिम्मा दर्शकलाई छाडेको बताएका थिए । अभिनेत्री झरना थापाको निर्देशन रहेको फिल्म आउँदो वैशाख १ गते प्रदर्शन हुँदैछ । फिल्मको यसअघि टिजर सार्वजनिक भइसकेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया