अदालतको निर्णय स्वीकार गर्छौं : देउवा
चौतारा : पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न पाउनुपर्छ भन्दै अदालतलाई सडकबाट धम्क्याउने काम पार्टीको नीतिभित्र नपर्ने बताए ।
काँग्रेस प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै संसद् पुनःस्थापना भए पनि अथवा निर्वाचन हुने भए पनि पार्टी पछि नहट्ने देउवाले बताए ।
काँग्रेसका केन्द्रीय सदस्य एवं खेलकूद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि बहुमतको सरकार भए पनि प्रतिनिधि सभा विघटन गरेको बताए ।
पूर्वमन्त्री बस्नेतले आफ्ना मातापिता कोमल माया-खड्गका स्मृतिमा आयोजना गरेको फुटबल प्रतियोगिताको फाइनल खेलमा मेलम्ची नगरपालिकालाई शून्यका विरुध्द एक गोलले पराजित गरी सुनकोशी गाउँपालिका विजय भएको छ । सभापति देउवाले प्रथम हुने टोलीलाई एक लाख ११ हजार १११ र द्वितीय हुनेलाई ५५ हजार ५५५ र ट्रफी तथा पदक प्रदान गरे ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई क्रमशः २० हजार र पाँच हजारसमेत प्रदान गरियो । यही पुस २२ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले भाग लिएका थिए ।(रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया