दीपिकाको फिल्मलाई कंगनाको प्रतिक्रिया : फोहोर बेच्ने काम बन्द गर

मुम्बई - दीपिका पादुकोन, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेको मुख्य भूमिका रहेको ‘गहराइयाँ’ अमेजन प्राइममा रिलिज भएको छ । अरुभन्दा पनि दीपिका र सिद्धान्तबीचको बोल्ड सिनका कारण यो फिल्मले धेरैको ध्यान खिचेको थियो । फिल्म रिलिजसँगै यो फिल्मले दुई खाले प्रतिक्रिया पाएको छ ।
कसैले जटिल सम्बन्धको कथा भन्ने फिल्म मन परेको प्रतिक्रिया दिएका छन् त कसैले भने फिल्ममा चुम्माचाटी मात्र धेरै भएको बताएका छन् । यसमा अभिनेत्री कंगना रनावतको पनि मत छ । उनले त फिल्मलाई पोर्नोग्राफी भएकी बताएकी छिन् ।
उनले नयाँ पुस्ताको कथाको नाममा फोहोर नबेच्न पनि आग्रह गरेकी छिन् । कंगनाले इन्स्टामा लामो स्टोरी हाल्दै करण जौहरले बनाएको यो फिल्मलाई फोहोरी फिल्मको संज्ञा दिएकी छिन् । उनले लेखेकी छिन्, ‘नाम गहिराइयाँ भए पनि यसमा कुनै गहिरो कुरा छैन ।’
कंगना र करण जौहरबीच मारामारको सम्बन्ध छ । कंगना यस्तो कुनै पनि मौका छाड्दिनन् जहाँ करणको धज्जी उडाउने मौका होस् । कंगनाको यो प्रतिक्रिया धेरैले यही सम्बन्धको निरन्तरताको रुपमा बुझेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया