९७ किसानलाई कृषि सामग्री वितरण
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका–३ का ९७ किसानलाई कृषि सामग्री वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका बीच ६१ जनालाई स्प्रे ट्याङ्की, २६ लाई चरा मेशिन र १० लाई पानी तान्ने मोटर प्रदान गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताएका छन् ।
पचास प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामग्री वितरण गरिएको सापकोटाको भनाइ छ । उनले तरकारी पकेट क्षेत्रका लागि मैनार–बुलाकियामा लिफ्टिङ सिँचाइ योजना सम्पन्न भएको बताए ।
अन्य क्षेत्रमा पम्प सेटको व्यवस्थापन गरिएको उनको भनाइ थियो । बेमौसमी बर्सातले किसानलाई पु¥याएको क्षतिको विवरण जिल्ला पठाइसकेको र किसानलाई राहत उपलब्ध गराउने पहल गरिरहेको उनले बताए ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया