७ वर्षीया बालिका जसका लागि वरदान बन्यो युट्युब

काठमाडौँ - रसियाली ७ वर्षीया बालिका सामाजिक सञ्जाल स्टार भएका छिन् । उनले सामाजिक सञ्जालमा भिडिओ हालेर लाखौं रूपैयाँ समेत आर्जन गर्ने गरेकी छिन्। अनास्तासिया रैडजिस्काया नाम गरेकी यी बालिकाले युट्युबमा अपलोड गरेका भिडिओ हजारौं पटक हेरिएका छन् ।
२०१४ मा जन्मिएकी यी बालिकालाई पहिला न्यूरोलोजिकल डिसअर्डर भएको थियो। यस रोग लागेको थाहा पाएपछि उपचार गराउन दौडिदा उनका आमाबाबुले आफ्नो जागिर छोडे र छोरीको लागि युट्युब च्यानल सुरु गरे । जुन अनास्तासियाको लागि शैक्षिक परियोजनाको रूपमा सुरु गरिएको थियो।
उनले युट्युबमा अपलोड गरेका भिडिओहरू पपुलर क्रियटर्सको सूचीमा समेत परेको छ। यसवापत उनले हरेक महिना १ करोडभन्दा बढी कमाउने गरेकी छिन्। हाल उनको १४० करोडभन्दा बढीको सम्पति रहेको छ।
एक रिपोर्टअनुसार गत वर्ष उनले करिब २ सय करोड कमाएकी थिइन् । उनका प्रत्येक भिडिओमा आमा र बुबाले सहयोग गर्ने गरेका छ्न् । उनको भिडिओहरू युट्युब र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्ममा सेयर गर्ने गरेकी छिन जसमा समेत उनले उलेख्य प्रशंसकहरू बटुलेकी छिन् ।
कमाई हुन थालेपछि उनका आमाबुवाले विभिन्न प्रकारका सामग्री बनाएर उनको भिडिओलाई झन् आकर्षक बनाउन थाले । यसले गर्दा अनास्तासिया युट्युबका शीर्ष १० मा सबैभन्दा धेरै कमाउने सामग्री सिर्जना गर्नेहरूको सूचीमा छैटौं नम्बरमा पुगिन्। उनको एउटा भिडियोले ९० लाखभन्दा बढी भ्युज पाएको छ । उनको च्यानललाई ८६ मिलियनले सब्सक्राइब रहेका छन् ।
मूल्यअभिवृद्धि र विलासिता करबारे पुनर्विचार गर्न आग्रह

जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
सुनचाँदी व्यवसायी आन्दोलनमा

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया