‘ह्रस्व दीर्घ’ बनाउँदै हरिहर–नीताको जोडी

काठमाडौँ - कपलको रुपमा सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा देखिँदै आएका हरिहर अधिकारी र नीता ढुंगानाले ‘ह्रस्व दीर्घ’ शीर्षकमा फिल्म बनाउने भएका छन् । नीता ढुंगानाले भने फिल्ममा दोहोरो जिम्मेवारी निर्वाह गर्नेछन् । दुवै निकट स्रोतका अनुसार नीता फिल्ममा हरिहरको जोडीको रुपमा देखिनेछिन् भने फिल्मलाई निर्देशन पनि उनैले गर्नेछन् । फिल्मका बाँकी कलाकारको छनौट हुन बाँकी रहेको छ ।
यो फिल्मको सुटिङ यही महिनाको अन्त्यबाट गर्ने गरी तयारी भइरहेको छ । ज्योतिषसमेत रहेका हरिहरले यसअघि ‘शुभ लभ’बाट अभिनयमा डेब्यु गरेका थिए । दुई वर्षअघि भएको वीरगञ्जको एक महोत्सवबाट नजिकिएका हरिहर र नीताले यसअघि टेलिभिजन सो र एउटा म्युजिक भिडियोमा सहकार्य गरेका छन् ।
हरिहरले सञ्चालन गर्ने हरिहर सो र उनकै अभिनय रहेको एक शिवस्तोत्र ‘जय जय नीलकण्ठ’ नीताले नै निर्देशन गरेकी थिइन् । नीता र हरिहरले गीतामाथि पनि फिल्म बनाउने घोषणा गरेका थिए । तर त्यो प्रोजेक्ट थाँती राख्दै दुवैले रोमान्टिक फिल्ममा काम गर्न लागेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया