लिभरपुलको चुनौति समाना गर्न युनाइटेड तयार छ : सोल्स्यार

काठमाडौं : मंगलबार बर्नलीलाई पराजित गर्दै प्रिमियर लिग अंक तालिकाको शीर्षस्थानमा उक्लेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्स्यारले आफुहरू लिभरपुलको चुनौति सामना गर्न तयार रहेको बताएका छन् । लिगमा १७ खेलबाट ३६ अंक बनाएको युनाइटेड दोस्रो स्थानको लिभरपुलसँग भिड्न उत्साहित र भोको रहेको सोल्स्यारको भनाई थियो ।
‘हामी बलियो हुँदै गएका छौं । त्यसकै नतिजा हो अंक तालिकामा हाम्रो स्थान । तर सिजनका धेरै खेलहरू बाँकी नै छ । अहिलेको अंक तालिकाले लिग कसले जित्छ भन्ने संकेत गर्न सक्दैन,’ सोल्स्यारले भने,‘ त्यसकारण, आइतबार हुने लिभरपुलविरुद्धको खेल हाम्रो लागि महत्वपूर्ण छ । लिभरपुल लिग च्याम्पियन त हुँदै हो, लिगकै सबैभन्दा बलियो टिम पनि हो । त्यसकारण लिभरपुलविरुद्धको खेल हाम्रा लागि परिक्षा हुनेछ ।’
बर्नलीलाई हराएसँगै लिगको पहिलो स्थानमा पुगेको युनाइटेडले त्यस्तो सफलता सर एलेक्स फर्गुसनले क्लब छाडेको सात वर्षपछि प्राप्त गरेको हो । युनाइटेड लिग लिडर बन्न पउल पोग्बको गोल पर्याप्त रह्यो । खेलपछी गोलकर्ता पोग्बाको प्रशंसा गर्न प्रशिक्षक सोल्स्यारले कन्जुस्याई गरेनन् । ‘पोग्बा राम्रो लयमा छन् । सिजनको सुरुवातमा चोटका कारण पोग्बाले टिमका लागि सोचे जस्तो योगदान गर्न सकेनन् । तर मैले सधैं भन्ने गरको छु पोग्बा युनाइटेडका लागि महत्वपूर्ण खेलाडी हुन्,’ सोल्स्यारले भने ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया