शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

कांग्रेस कैलालीको जिल्ला अधिवेशनको मिति फेरि सर्‍यो

कैलाली - नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशनको मिति फेरि सरेको छ। यसअघि फागुन १३ गते जिल्ला अधिवेशन गर्ने भनिएकोमा फेरि फागुन १५ गतेका लागि अधिवेशनको मिति सरेको हो।

केन्द्रीय निर्वाचन समितिले नै मिति सारेको बताइएको छ। फागुन १५ मा कैलाली र अछामको अधिवेशन हुने नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायाण शाहले बताए।

यसअघि समेत पटक-पटक मिति सारेपछि चुनावको तयारी गरेकाहरूलाई भने खर्च बढ्ने चिन्ताले सताएको छ । अध्यक्षका आकांक्षी एक नेताले मिति सारिदा खर्च समेत बढ्ने बताए ।