गठबन्धनको बैठकमा उपेन्द्र नजाने
काठमाडौँ - सत्तारुढ गठबन्धनको आज बेलुकी पाँच बजे बस्ने बैठकमा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादव नजाने भएका छन् ।
अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रतिनिधिसभामा टेबल र अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बोलाइएको बैठकमा यादव नजाने भएका हुन् ।
‘अध्यक्ष उपेन्द्र यादवज्यु गठबन्धनको आज बस्ने बैठकमा जानुहुन्न । उहाँ अहिले सिरहामा हुनुहुन्छ । विभिन्न पार्टी त्यागी जसपामा प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ,’ जसपा, नेपालका प्रमुख सचेतक प्रमोद साहले भने ।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेपका एस (एकीकृत समाजवादी), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चाबीच एमसीसीका विषयमा मतभेद बढेपछि सहमति जुटाउन आज बैठक बोलाइएको हो ।
सत्तारुढ पाँच दलमध्ये कांग्रेस मात्र एमसीसी अहिलेकै अवस्थमा अनुमोदन गर्नुपर्ने पक्षमा उभिएको छ । बाँकी चार दल एमसीसी संशोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने अडानमा छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया