शुक्रबार एमसीसी टेबल गर्नेमा प्रधानमन्त्री देउवाकाे जाेड

काठमाडौं- आज साँझ ५ बजेबाट बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी पेस गर्नका लागि निर्णायक मानिएको यो बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि बैठक सरेको छ । बैठक भोलि विहान नौ बजेका लागि डाकिएको हो । दुई घण्टा बढी समयसम्म बसेको बैठकले निर्णय दिन सकेन। यो बैठकमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने बताएका छन्। बालुवाटारमा भएको बैठकमा उनले गठबन्धनका शीर्ष नेताहरुसँग यस्ताे बताएका हुन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि हुने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्न जोड गरेका थिए। सरकारले जसरी पनि भाेलि एससीसी टेबल गर्नेमा उनले जोड दिएको एक नेताले बताए ।
देउवाकाे भनाइलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, 'बैठकमा प्रधानमन्त्री ज्यूले एमसीसी सम्झौता जसरी पनि संसदमा पेस गर्ने अडान दाेहाेर्याएका हुन्।' तर नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी दलका नेताहरुले भने एमसीसी संसदमा टेबल हुन नहुने अडान राखेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया