शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

गठबन्धनमा सहमति नजुटेपछी ओलीसँग छलफल गर्न देउवा पुगे बालकोट

काठमाडाैँ – आज बसेकाे सत्ता गठबन्धनकाे बैठकमा अमेरिकी सहायता परियाेजना एमसीसीकाे विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा बालकाेट पुगेका छन् ।

स्राेतका अनुसार संसदबाट एमसीसी पारित गराउने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न नेपाली कांग्रेस सभापतिसमेत रहेका देउवा बालकाेट पुगेका हुन् ।

बालुवाटारमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकमा एमसीसी संसदमा टेबल गर्ने विषयमा सहमति जुट्न सकेको थिएन । ठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न गएका हुन् ।