`वैशाखभित्र नयाँ शैक्षिक सत्र जेठ १ बाट कक्षा सञ्चालन`

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन् ।
शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालय काठमाडौँ महानगरपालिका–१७ ठहिटीको नयाँ भवनको बिहीबार उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताए ।
`राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत करिब एक हजार ९०० विद्यालय बनेका छन्`, मन्त्री पौडेलले भने, `देशभरका विद्यालयमा के आवश्यकता छ त्यसको आधारमा अब विद्यालयका पूर्वाधार बन्छन् ।`, मन्त्री पौडेलले विद्यालय भवनले मात्रै नहुने भन्दै शैक्षिक गुणस्तरका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्नेमा जोड दिए ।
पूर्वाधार निर्माणसँगै ‘पढ्दै कमाउँदै’ कार्यक्रम अघि बढेकाले केही दिनभित्र अर्थ मन्त्रालयबाट बजेट स्वीकृत गरी निवेदन दिएका विद्यालयमा सोही कार्यक्रम जाने पनि उनले बताए ।
शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयमा ल्याब, आइसीटी ल्याबको व्यवस्था गरिएको बताउँदै शिक्षक दरबन्दी र १८ वर्षदेखि रोकिएको आन्तरिक बढुवाको काम अघि बढेको बताए ।
उनले सङ्घीय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा ऐनको काम मन्त्रालयले सकेर अर्थ र कानुनमा पठाएको दोहोराए ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भइ नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को विपद् उत्थानशील विद्यालय परियोजनमार्फत चार करोड १७ लाखमा २२ कोठे भवन बनेको हो । रासस

इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबीच सहकार्य हुने

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक, प्रयोगकर्ताको अनुभवलाई अझ स्मार्ट, सहज र …

क्लासिक टेकका पाँच वटा बैंक खाता रोक्का राख्न जिल्ला अदालत मोरङको पत्राचार

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस

एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

स्पेसएक्सको अहिलेसम्मकै ठूलो अन्तरिक्ष यानको परिक्षण दोस्रो पटक पनि असफल

प्रतिक्रिया