शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

प्रकाशमानकाे छाेराकाे विवाहमा पुगे देउवा

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज विवाह हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए ।

सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् । गृहमन्त्री बालकृष्ण खाण, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत विवाहमा पुगेका छन् ।