शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

एमसीसीविरुद्ध सत्तारुढ दलकै कार्यकर्ताले बाले सडकमा आगो

फाइल फाेटाे

काठमाडौँ- मिलेनियम च्यालेन्न्ज कर्पाेरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । 

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ ।

शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।