म्यानचेष्टर सिटी तेस्रो स्थानमा

काठमाडौं : इंग्लिस प्रिमियर लिग फूटबलमा म्यानचेष्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा ब्राइटनलाई १-० गोलले हराउँदै सिटी तेस्रो स्थानमा उक्लिएको हो । सिटीलाई जिताउन एक मात्रै गोल फील फोडेनले गरेका थिए । उनले पहिलो हाफको ४४ औँ मिनेटमा गोल गरेका हुन् ।
ब्राइटनको पोष्टमा १६ वटा प्रहार गरेको सिटीले संघर्षपूर्ण रुपमा साँघुरो जित निकालेको हो । खेलको अतिरिक्त समयमा रहिम स्ट्रर्लिङले गोल गर्ने अवसर पाएपनि उनी पेनाल्टीमा चुकेका थिए ।
जितसँगै १७ खेलबाट ३२ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि लेस्टर सिटी चौथो स्थानमा झरेको छ । एक खेल बढी खेलेको लिभरपुल ३३ अंकसहित दोस्रो स्थानमा छ भने म्यानचेष्टर युनाईटेड ३६ अंकसहित शीर्ष स्थानमा छ ।
हार व्यहोरेको ब्राइटन भने रेलिगेसनबाट एक स्थान माथि छ ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया