फूलह्यामसँग टोटेनहमको बराबरी

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । बुधबार राती भएको खेलमा टोटेनहमले फूलहयामसँग १-१ गोलको बराबरी खेलेको हो । खेलमा अग्रता भने टोटेनहमले लिएको थियो ।
२५ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई १-० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफ आफ्नो पक्षमा पारेको टोटेनहमले दोस्रो हाफमा भने फितलो प्रदर्शन गर्यो । ७४ औँ मिनेटमा इभान क्याभेलेरियोले फुलह्यामका लागि बराबरी गोल गरे ।
दुवै टिमले गोलका लागि थुप्रै अवसर पाए पनि विजयी गोल गर्न भने सकेनन् । बराबरीले टोटेनहमलाई धक्का लागेको छ । तेस्रो स्थानमा उक्लिने मौका गुमाएको टोटेनहम १७ खेलबाट ३० अंकसहित छैटौं स्थानमा छ । फुलह्याम भने रेलिगेसन जोनमा छ ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया