दोस्रोपटक महाअभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रो पटक महाअभियोग लागेको छ । संसद भवनमा समर्थक उचालेर आक्रमण गर्नुका साथै उत्पन्न हिंसामा ५ जनाको मृत्यु हुनुमा जिम्मेवार रहेको भन्दै डेमोक्र्याट सांसदले ट्रम्पविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्ताव बहुमतले तल्लो सदनबाट पारित गरेका हुन् ।
तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएसँगै ट्रम्प अमेरिकी इतिहासमा एकै कार्यकालमा दुई पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन् । यसअघि गएको बर्ष महिलामाथि यौन दुर्व्यहार र युक्रेनी राष्ट्रपतिसँग विवादास्पद फोन गरेको आरोपमा महाअभियोग लागेको थियो ।
ट्रम्पविरुद्धको महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ । महाअभियोग पारित गराउन १० जना रिपब्लिकन सांसदले समेत पक्षमा मतदान गरेका थिए । तल्लो सदनमा डेमोक्र्याटको बहुमत छ । विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए ।
तल्लो सदनबाट महाअभियोग प्रस्ताव पारित भएपनि रिपब्लिकन सांसदको बहुमत रहेको माथिल्लो सदनमा भने दोस्रोपटक पनि पारित हुन सहज छैन् । यसअघि गएको बर्ष पहिलोपटक ट्रम्पमाथि महाअभियोग लागेपछि माथिल्लो सदन अर्थात सिनेटले सो प्रस्ताव खारेज गरेको थियो ।
यसपटक तल्लो सदनमा ट्रम्पका विपक्षमा देखिएका रिपब्लिक सांसद माथिल्लो सदनमा पनि महाअभियोग प्रस्ताव पारित गर्न सघाउने मनस्थितीमा रहेका अमेरिकी सञ्चारमाध्यमले दाबी गरेका छन् । माथिल्लो सदनबाट पनि महाअभियोग प्रस्ताव पारित भए आगामी सन् २०२४ मा ट्रम्प अमेरिकी राष्ट्रपतीय चुनाव लड्न असक्षम हुनेछन् ।
यसअघि पूर्व राष्ट्रपति बील क्लिन्टन र रिचार्ड निक्सनलाई महाअभियोग लागेपनि एकै कार्यकालमा ट्रम्पले दोस्रोपटक महाअभियोगको सामना गरेका हुन् । जुन अमेरिकी इतिहासमै ट्रम्पको सबैभन्दा खराब किर्तिमान हो । (एजेन्सीको सहयोगमा)

अन्तरिक्षमा आज जाँदैछ 'जल भालु', जाे सहन्छ आणविक बमदेखि -२७३ डिग्री तापक्रम

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

चीनले स्थापना गर्यो सुनामी एडभाइजरी सेन्टर

मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते
चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

प्रतिक्रिया