पीएसजीले जित्यो सिजनको पहिलो उपाधि

काठमाडौं : पीएसजीले ट्रफी डेस च्याम्पियन्स अर्थात फ्रेञ्च सुपर कपको उपाधि जितेको छ । बुधबार राती भएको फाइनलमा मार्सेलीलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले डेस च्याम्पियन्सको ट्रफी उचालेको हो । गएको बर्ष च्याम्पियन्स लिगको फाइनल पुगेर पनि हारेको पीएसजीले यसपटक सिजनको पहिलो उपाधिका रुपमा डेस च्याम्पियन ट्रफी हात पारेको हो ।
पिएसजीलाई उपाधि दिलाउने जितमा माउरो इकार्डी र नेयमारले गोल गरे । मार्सेलीका दिमित्री पेयटले एक गोल फर्काए । पिएसजीले सर्वाधिक धेरै १० पटक डेस च्याम्पियन्सको उपाधि जितेको छ । फ्रेन्च लिग वान विजेता पीएसजी र कोपा डी फ्रान्सको विजेता मार्सेलीले ट्रफी डेस च्याम्पियन्सको फाइनल खेलेका हुन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया