कमल थापालाई आफ्नै छोरी र भतिजाको असहयोग

काठमाडौं – राप्रपा परित्याग गरेर राप्रपा नेपालका अध्यक्ष भएका कमल थापालाई आफ्नै छोरी र भतिजासहित परिवारिक सदस्यको असहयोग देखिएको छ ।
राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि लाक्पा शेर्पाले दर्ता गरेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका थापालाई उनकै पारिवारिक सदस्यको साथ देखिएन ।
काठमाडौंमा शनिबार उनले ‘राप्रपा नेपाल’ पार्टीको घोषणा गरे । तर, राप्रपाको सदस्यमा निर्वाचित भएका छोरी प्रतिष्ठा थापा र भतिजा अभिषेक थापा राप्रपा नेपालको घोषणा कार्यक्रममा गएनन् । उनीहरुले राप्रपाको सदस्यबाट पनि राजीनामा दिएका छैनन् ।
राप्रपा सदस्यमा निर्वाचित प्रमाणपत्र नबुझेका प्रतिष्ठा र अभिषेक औपचारिक रुपमा कुनै पार्टीमा आवद्ध भएका छैनन् । कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको घोषणा कार्यक्रम नदेखिनुले पनि उनीहरू सो पार्टीमा नरहेको स्पष्ट हुन्छ ।
पुराना साथीलाई आफूलाई सहयोग गर्न केही दिनअघि अध्यक्ष थापाले आह्वान गरे पनि पारिवारिक सदस्यकै साथ नदेखिएको हो । यस्तै नाताले सम्धी पर्ने भरत रायमाझी र थापा उपप्रधानमन्त्री हुँदासमेत स्वकीय सचिव रहेका राजाराम बर्ताैलाको पनि साथ अध्यक्ष थापाले पाएका छैनन् ।
हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको एजेण्डामध्ये हिन्दु राष्ट्रको एजेण्डा बोकेर राप्रपा नेपालको नेतृत्व सम्हाल्न गएका थापालाई आफ्नै पारिवारिक सदस्यको साथ नरहेको देखिएको हो ।
राप्रपा नेपाललाई आफ्नै पुरानो घर दाबी गरेका थापाले गठन गरेको राप्रपा नेपाल २०७३ सालमा पशुपतिशम्शेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । तर, अहिले थापा गएको राप्रपा नेपाल लाक्पा शेर्पाले गठन गरेका हुन् । शेर्पाले अध्यक्षबाट राजीनामा दिएर थापालाई नेतृत्व सुम्पिएका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया