एमसीसीविरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा

काठमाडौं - संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन् ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन् ।
‘नेपाली जनताको एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत र्यान्डी बेरीको टविट, चीनका बिदेश विभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टि गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।
काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद् भवन घेराउ गर्ने देखी देशव्यापीरूपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी विरोध प्रदर्शन गर्नेछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया