एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्छ : झलनाथ खनाल
काठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले करार सम्झौताहरुलाई दुनियाँको कुनैपनि संसदमा लगेर अनुमोदन गर्ने परम्परा नरहेको भन्दै एमसीसीलाई सदनले पारित गरे गलत नजिर बस्ने बताए । उनले संविधान विपरीत एमसीसीलाई सदनमा पारित गर्न नहुने बताए । उनेले एमसीसीका बहानामा नेपाललाई ट्रयापमा पर्ने काम गरिएको धारणा राखे ।
त्यस्तै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले आउँदो संसद् बैठकबाट एमसीसीबारे छलफल हुने बताए । उनले प्रक्रियाअनुसार परियोजना अनुमोदनका लागि अघि बढ्ने उल्लेख गरे ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा आफूहरू नरहेको बताए । अहिले एमसीसी संसदमा टेबल भएको भए पनि पास गर्ने पक्षमा भने आफूहरू नरहेको उहाको भनाइ छ । केही दलहरुको बिरोधबीच आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया