जसपाको कार्यकारिणी समिति बैठक फागुन १३ गते

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ । जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बैठकमा मुलुकको समसामयिक राजनीति, पार्टीभित्रको विवाद, संसद्मा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत विषयमा छलफल हुने जनाइएको छ । जसपाभित्र एमसीसीबारे पक्ष र विपक्षमा विचार आइरहेका छन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसीको समर्थन जनाएका छन् भने अध्यक्ष उपेन्द्र यादव अहिलेसम्म खुलेका छैनन् ।
दुई नेताबीच पार्टीको आन्तरिक समीकरणबारे पनि मतभिन्नता रहेको बताइन्छ । गत माघमा भएको राष्ट्रियसभा निर्वाचनपछि उनीहरुबीच विवाद बढेको जानकार बताउँछन् । जसपाको कार्यकारीणी समितिमा ३५ सदस्य छन्।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया