अनमोलसँग लन्डन जाँदै सारा

काठमाडौँ - प्रेमी प्रेमिकाको रुपमा नाम जोडिएका अनमोल केसी र सारा सिरपाइलीले एक साथ फिल्म खेल्ने भएका छन् । अनमोल पहिले नै अनुबन्धित भएको फिल्म ‘हनी बनी’मा सारा पनि अनुबन्धित भएसँगै पर्दामा अनमोल र साराको जोडी देखिने भएको हो । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यो फिल्ममा सलोन बस्नेत पनि अनुबन्धित भइसकेका छन् ।
अनमोल र साराको नाम अनमोलको ‘क्याप्टेन’ रिलिजताका जोडीको रुपमा चर्चामा थियो । तर यो खबरमा कत्तिको सत्यता थियो, अनमोल र सारा नै जानुन् । तर सारासँग छुटेपछि अनमोलको नाम आज्ञा कारन्जितसँग जोडिएको थियो ।
लन्डनमा सुटिङ हुन लागेको फिल्म मार्चबा फ्लोरमा लैजाने निर्माण टिमको तयारी छ । साराले निखिल उप्रेतिको जोडीको रुपमा ‘रुद्र’बाट डेब्यु गरेकी थिइन् । निखिलसँगै ‘पिंजडा ब्याक अगेन’मा काम गरेकी साराको अन्तिम फिल्म ‘सुश्री सम्पत्ति’ हो । उनको अभिनय रहेको ‘गुञ्जन’ हाल पोस्ट प्रडक्सनमा छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया