जाजरकाेटमा २९ वटा आन्तरिक सडक निर्माण पूरा हुने
जाजरकोट- आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २९ वटा आन्तरिक सडक निर्माण पूरा गर्ने लक्ष्य लिएकाे छ । साेही अनुसार सडक निर्माणलाई कार्यालयले प्राथमिकता दिएकाे जनाएकाे छ ।
आर्थिक वर्ष २०७७/७८ मा एक सय ६५ किलोमिटर सडक निर्माण गरेको कार्यालयले चालु आर्थिक वर्षमा ३९ वटा सडक निर्माणलाई प्राथमिकतामा राखेकाे हाे । साथै, कार्यालयले तीन वटा भोलुङ्गे पुल, दुई वटा पक्की पुल निर्माण सम्पन्न गरेकाे जनाएकाे छ । जनता आवास कार्यक्रमअन्तरर्गत एक सय ७३ विपन्न परिवारलाई घर निर्माण पनि गरेकाे कार्यालयका प्रमुख प्रविण कार्कीले जानकारी दिए ।
२०७६/७७ मा चालुतर्फ ६६ प्रतिशत र पुँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको कार्यालयको आर्थिक वर्ष २०७७/७८ मा चालुतर्फ ७९ प्रतिशत र पुँजीगत ७१ प्रतिशत प्रगति भएको थियो । यो आर्थिक वर्षको दोस्रो चौमासिकको आखिरीसम्ममा चालुतर्फ ४५ प्रतिशत र पुँजीगततर्फ ९ प्रतिशत प्रगती हासिल भएको छ ।
कार्यालयले केही योजना प्रदेशमा फिर्ता समेत गरेकाे छ । १५ लाखभन्दा तलका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि सोहीअनुसार योजना काम रोकिएको हाे ।
केही वहुवर्षीय याेजनामा समेत निरन्तर काम भइरहेकाे कार्यालयले जनाएकाे छ । यसमध्ये आधा दर्जन पक्की पुल पनि छन् । अघिल्लो वर्षभन्दा अहिले योजना निर्माणको काम तीव्र रुपमा अगाडी बढेको कार्यालयका प्रमुख कार्कीले बताए । उनले कर्मचारी अभावले तोकिएको समयमा काम गर्न कठिन भएकाे बताए ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया