शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

स्थानीय तह निर्वाचनविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडाैँ – सर्वोच्च अदालतले वैशाख ३० गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

मंगलबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलासले वैशाख ३० गते हुन लागेकाे स्थानीय तहकाे निर्वाचनविरुद्ध परेकाे रिटमा सुनवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हाे।

महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा रोक्न माग गर्दै परेको रिट दायर गरेका थिए । 

सर्वोच्चको यो आदेशसँगै अब वैशाख ३० मा स्थानीय निर्वाचन हुने नहुने पक्का भएकाे छ । अब सरकारले घोषणा गरेकाे मितिमा नै स्थानीय तहकाे निर्वाचन हुनेछ । मेयर साहले संविधानको धारा २१५ र २१६ अनुसार स्थानीय तहमा निर्वाचित पदाधिकारीको कार्यकाल ५ वर्ष हुने हुँदा उक्त कार्यकाल पूरा भएपछि मात्रै चुनाव हुनुपर्ने माग दाबीसहित माघ २६ गते रिट निवेदन दिएका थिए।  

यसअघि सर्वोच्च प्रशासनले रिट निवदेन दरपीठ गरेको थियो। त्यसविरुद्ध उनले दिएको निवेदन दर्ता गरेर सर्वोच्चले सुनुवाइ थालेको थियो।