शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

'गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ'

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताए । 

त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे । उनले बुधबार बिहान प्रधानमन्त्रीसंग नभई गृहमन्त्रीसँग भेटवार्ता भएको जानकारी दिए ।

संसद्‍मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले दाहालसँग भेटवार्ता गरेका थिए ।