शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथिको छलफल प्रस्ताव दोस्रो नम्बरमा

काठमाडौं – प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ । 

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।