बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रियाको विवरण दिन निर्देशन

काठमाडाैँ – संसदीय समितिले काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रियाको यथार्थ विवरण पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा विकास तथा प्रविधि समितिले आयोजनाको प्याकेज नम्बर ४ र ५ को ठेक्का प्रक्रिया पूर्व तयारीको कार्य सम्पन्न नगरी सुरु गरेको र कानुन सम्मत नभएको भनी प्रश्न उठेको भन्दै यसको यथार्थ विवरण सात दिनभित्र समितिमा पेस गर्न रक्षा मन्त्रालय र आयोजनालाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले फाल्गुन २६ र २७ गते काठमाडौं–तराई मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । बैठकले आयोजना अध्ययन गठित उपसमितिको म्याद दुई महिनाका लाथि थप गर्ने निर्णय गरेको उनले बताइन्।

बैठकमा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले खोकनामा भएको जग्गा समस्या समाधानको प्रयास भइरहेको बताइन् । उनले आयोजनामा देखिएका अन्य समस्या समाधानका लागि मातहतका मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए ।

त्यस्तै समिति सदस्यहरुले आयोजनामा देखिएका समस्याह समाधान गर्दै तोकिएको समयमा नै सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । २०८१ को पुस महिनासम्ममा आयोजनाको निर्माण सक्ने तयारी सेनाको छ ।