एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता
ओली र प्रचण्डबीच के कुराकानी भयो ?
काठमाडौँ : एमसीसीका कारण विकसित राजनीतिक घटनाक्रमबारे नेकपा एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
एमसीसीको विपक्षमा उभिएको माओवादी सत्ता गठबन्धनबाट बाहिरिने सम्भावना धेरै छ । यस्तै एमसीसी पारित गर्न सघाउने शर्तमा एमाले सरकारमा जाने र सरकारलाई समर्थन दिने पक्षमा रहेको नेताहरुको भनाइ छ ।
यसै विषयमा नयाँ बानेश्वरमा एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता भएको हो । त्यसअघि एमाले अध्यक्ष र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको थियो । माओवादीले सरकार छाड्ने, एमसीसी पारित गर्न सहयोग नगरे माओवादीका मन्त्री बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् ।
सोही घटनाक्रम विकास भएका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेटवार्ता भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया