युक्रेन–रुस झडप डकुमेन्ट्रीमा कैद गर्दै हलिउड अभिनेता

लसएन्जल्स - अभिनेता सिन पेनले रुसले युक्रेनमाथि गरेको आक्रमण डकुमेन्ट्रीमा प्रस्तुत गर्ने भएका छन् । यही सिलसिलामा सिन पेन अहिले युक्रेनमा छन् । सिनले भाइस स्टुडियोसँग मिलेर डकुमेन्ट्री बनाइरहेका छन् ।
युक्रेनका राष्ट्रपतिले फेसबुकबाट पेनलाई धन्यवाद दिएसँगै उनी युक्रेन पुगेको खबर सार्वजनिक भएको हो । ‘पेन किएभमा रहेर अहिले भइरहेका सम्पूर्ण घटना छायांकन गरेर बसिरहेका छन् । यसले रुसले गरेको आक्रमणको सत्यतथ्य बाहिर आउन मद्दत गरेको छ ।
सिन पेन ती धेरै युक्रेनका समर्थकमध्ये एक हुन् जसले अहिले युक्रेनमाथि भइरहेको अन्याय देखेका छन् । हामी उनको साहस र इमान्दारीप्रति अनुगृहित छौँ,’ राष्ट्रपतिको घोषणामा भनिएको छ ।
घोषणामा पेन सन् २०२१को नोभेम्बरमा डकुमेन्ट्री बनाउने सिलसिलामा युक्रेन आएको पनि उल्लेख गरिएको छ । उनले राष्ट्रपति कार्यालयमा भएको पत्रकार सम्मेलनमा पनि युक्रेनको समर्थनमा आवाज उठाउन सबैलाई आग्रह गरेका थिए ।
सिन पेनले यसअघि पनि संकटग्रस्त क्षेत्रमा गएर डकुमेन्ट्री बनाएका छन् । सन् २०१० मा उनले हाइटीमा गएर भूकम्प पीडितलाई सहयोग गरेका थिए । पछि उनले गरेको काम ‘सिटिजन पेन’शीर्षकमा डिस्कभरीमा प्रसारण भएको थियो । यसैगरि, सन् २००५ मा अमेरिकाको न्यु ओर्लेन्समा भएको आँधीमा पनि उनले आँधी पीडितलाई सहयोग गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया